२१ असोज, काठमाडौं । पर्यटन व्यावसायीहरुको संस्था टान नयाँ नेतृत्व चयनमा जुटेको छ । नेपालको पर्वतीय पर्यटनको छाता संगठनका रुपमा रहेको टे«किङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा नयाँ नेतृत्व चयन हुन लागेको हो । यही असोज २८ गते टानको नयाँ नेतृत्व चयनका लागि ३७ औ वार्षिक साधारणसभाको आयोजना तय गरिएको छ ।
टानको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिश्पर्धामा देखिने भएका छन् । टानका वर्तमान महासचिव सागर पाण्डेले अध्यक्षको दावेदारीको घोषणा गरेका छन् । पाण्डेले आज राजधानीमा पत्रकार सम्मेलन गरी टानको आगामी नेतृत्वका लागि उम्मेदवारीको घोषण गरेका हुन् । साझा सशक्त र समावेशीको नारासहित पाण्डे समूहले प्रतिबद्धतापत्र समेत सार्वनिक गरेको छ । व्यावासायिक हक हितका सम्बन्धमा, टानको संस्थागत सुधारका पक्षमा पर्वतीय पर्यटनको विकासका सम्बन्धमा सागर पाण्डे समूहले प्रतिबद्धताहरु सार्वजनिक गरेको हो । सागर पाण्डे नेतृत्वको समूहमा लामो समयदेखि पर्यटन व्यावसायमा संलग्न रहेका प्रसिद्ध व्यवसायी रहेको सो समूहले दावी गरेको छ ।











