२१ असोज, काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटोजात्राको साइत आगामी आइतबारका लागि निकालिएको छ । वानाजुले आइतबार भोटोजात्रा गर्नु उपयुक्त भएको भन्दै आज साइत निकालेका हुन् । मच्छिन्द्रनाथको भोटोजात्रा हरेक वर्ष गरिने भए पनि यस वर्षको जात्रा भने वाह्र वर्षे जात्रा हो । वाह्र वर्षमा एकपल्ट विशेष भोटोजात्रा गर्ने परम्परा छ ।
भोटोजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ । राष्ट्रप्रमुख नै भोटोजात्रामा सहभागी हुने परम्परा रहँदै आएको छ ।












