१८ असोज, वीरगंज । नेपाल आयल निगम वीरगन्ज क्षेत्रीय कार्यालयका प्रबन्धकलाई आन्दोलनकारीहरुले नियन्त्रणमा लिएर जबरजस्ती धर्नामा बसाएका छन्।
मधेसी मोर्चाले वीरगन्ज रक्सौल नाकाको सीमामा गर्दै आएको धर्नामा सोमबार बिहान आन्दोलनकारीहरुले क्षेत्रीय प्रबन्धक अशोक साहलाई धर्नामा बसाइएको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए।
पेट्रोलियम पदार्थ आपुर्तीका लागि भारतको रक्सौल डिपोमा कुरा गर्न गइरहेका साहलाई सीमानाकामा आन्दोलनकारीहरुले नियन्त्रणमा लिएर अभद्रव्यवहार गर्दै आन्दोलनप्रति समर्थन गराउनुको साथै नाकाबन्दीको धर्नामा बसाएका थिए।
लगभग एक घन्टासम्म धर्नामा बसेका साहलाइ आन्दोलनको समर्थनमा विभिन्न नाराहरु समेत बोल्न लगाएका थिए। चार घन्टा पछि उनलाई आन्दोलनकारीले छोडेका छन्।











