१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले देखाउनका लागि मात्र संविधान संशोधन कुरा गरेको आरोप लगाएका छन् ।
जितिया पर्वका अवसरमा अखिल नेपाल महिला संघले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कसैसंग सरसल्लाह नै नगरी मधेशवादी दललाई देखाउनका लागी मात्र प्रधानमन्त्री सुशील कोईरालाले संबिधान संसोधन गराएको आरोप लगाएका हुन् । संबिधान संसोधन प्रधानमन्त्रीको एकलौटी निर्णय भएको भन्दै अध्यक्ष ओलीले पार्टीको निर्णय भएको भए केन्द्रिय कमिटिबाटै निर्णय गराउन चूनौति पनि दिए । संबिधान केही समयको नभई सयौं बर्षसम्मका लागी भएकाले यसले जनताको अधिकार सुनिश्चीत गरेको भन्दै उनले एमाले संसोधनको पक्षमा नरहेको स्पष्ट पारे । अध्यक्ष ओलीले बिगतमा दलहरुबिच भएको सहमति अनुसार अबको सरकारको नेतृत्व नेकपा एमाले गर्ने भन्दै उनले एक साता भित्र संसदबाट सहमतिको सरकार निर्माण हुने दाबी गरे । छिमेकी मुलुक भारतले लगाएतको अघोषित नाकाबन्दी केहि दिनमा नै खुल्ने भन्दै उहाले यसमा आतिनुपर्ने कुनै कुरा नभएको बताए ।
अध्यक्ष ओलीले अघोषित नाकाबन्दीले नेपालीलाई स्वाभिमानीको पाठ सिकाएको समेत बताए । उनले बाटोमा दुई चार जना राखेर आन्दोलन गदैएमा पूरा हुनै नसक्ने मागमा सुनुवाई हुनै नसक्ने धारणा पनि राख्नुभयो ।











