१३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको दायाँ आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
शल्यक्रियाका लागि कोइराला बनेपा अवस्थित रेयुकाई एइको मासुनागा आँखा अस्पताल पुगेका थिए । वरिष्ठ नेत्र विशेषज्ञ डा. सगुननारायण जोशीको नेतृत्वको टोलीले कोइरालाको आँखाको सफलतापूर्वक सल्यक्रिया गरेको छ । आँखाको सफल शल्यक्रिया गरेर प्रधानमन्त्री कोइराला बुधबार साँझै बालुवाटार फर्किका छन् । प्रधानमन्त्री कोइराला पूर्णत स्वस्थ छन् । उपचारपछि आफूलाई त्यस्तो असैहृय पीडा नभएको कोइरालाले जनाएका छन् ।











