नरेश सर्राफ/वीरगन्ज १३ असोज
४८ दिन लामो बन्द हडताल खपिरहेको वीरगन्जका दैनिक गरीखाने बिपन्न मजदुर बर्गको लागि यहँ बुधबारदेखि निशुल्क भोजन शिवीर संचालनमा ल्याइएको छ । निरन्तरको बन्द हड्तालमा समस्यामा परेका त्यसता बर्ग र अभावमा परेका अरुलाई खाना खुवाउन वीरगन्ज माइस्थानमा सिविर सुरु गरिएको हो । वीरगन्जका युवा समुदायले संचालनमा ल्याएको सिविर बिहान १० बजेदेखि राति १० बजेसम्म अनवरत संचालित छ ।
विगत डेढ महिनादेखिको लगातार बन्दले यहाको जनजीवन कष्टकर भएको छ । साउन २९ देखि सुरु भएको बन्द, त्यसपछि भदौ १४ देखिको २० दिने कर्फयु र अहिले एकहप्तादेखिको नाकाबन्दीले मानिसहरुको दैनिक जीवनयापनमा समस्या भएको छ । उद्योग, ब्यवसाय, ब्यपार, बजार, यातायात लगायत ठप्प हुदा सर्वसधारण मानिसहरुलाई पनि आर्थिक संकट पर्न थालेको छ । आन्दोलनलाई सफल बनाउन बन्दकर्ताहरुले नेपाल भारतको मुख्य नाकाबन्दी सहित नगरको क्षेत्र क्ष्ँेत्रमा प्रर्दशन गरी रहेका छन । बजारमा बन्दकर्ता नदेखिएपनि बन्दको त्रास सवैमा रहेको छ ।
मधेश र मधेशीको हक अधिकारको लागि भई रहेको आन्दोलनको क्रममा गरी खाने वर्ग भोकभोकै बस्नु परेको अवस्था आई सकेको छ । आन्दोलन लम्बिदै गएको र वार्ताबाट समस्याको समाधान नहुने देखिएपछि व्यापार, व्यवसाय र मजदुरी गरी जीवनयापन गरी रहेका बर्गलाई बढी सास्ती भएको छ । बन्दबाट बढी प्रभावित रहेको र एकछाकको जोहो गर्न नसक्ने रिक्सा, ठेला, टांगा चालकहरु र आन्दोलन गर्न गाउ गाउबाट आएका व्यक्तिहरुलाई खानाको व्यवस्था मिलाईएको भोजन शिविर संचालनकर्ता संदीप सर्राफले बताए । उनले आम समुदायको सहयोगमा यो भोजन शिविर संचालन गरिएको र आन्दोलन अवधिभर संचालन रहने बताए ।
निशुल्क भोजनालय सुरु भएपछि आफुहरुलाई निकै राहत भएको रिक्सा चालकहरुको भनाई छ । सरकार र आन्दोलनकारी बिच छिटोभन्दा वार्ता गरेर बन्दी खुल्लाए काम गरी खाने वातावरण हुन्थ्यो ।
बन्दका कारण यातायात संचालन नहुदा प्यासेन्जर नपाएपछि घण्टाघर चोकमा रिक्सा पार्कि¨ गरी दिन विताउन चालकहरु बाध्य झन । संविधान र प्रदेश सिमांकनको विरोधमा मधेसवादी मोर्चाले आहवान गरेको अनिश्चितकालीन बन्दले आर्थिक तथा औद्योगिक नगर वीरगञ्जमा यतिबेला आन्दोलनका प्रभाव बढी छ ।
अनिश्चितकालिन मधेश बन्दको कारण बजार खुल्न नसकेको हो । बन्दका कारण सबै क्षेत्रमा अप्ठेरो भए पनि दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको जोहो गर्नेहरुलाई बढी मार परेको छ । उद्योग कलकारखाना, शिक्षण संस्था, आवागमन लगायतका सबै क्षेत्र अस्तव्यस्त भएको छ । उद्योग कलकारखानाको उत्पादन र आपूर्ति प्रभावित भएको छ । बन्दकर्ताहरु सडकमा नदेखिएपनि ठाउ ठाउमा टाएर बालेको देख्न सकिन्छ । उनीहरुले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन यथावत नै राख्ने बताएका छन । बन्द हडतालले सबै बर्ग र निकाय प्रभावित भई रहेकाले वार्ताबाट अविलम्ब यो समस्याको निकास निकाल्नु पर्ने अधिकांशको माग छ ।













