अक्टोबर २ देखि सरकारविरुद्ध असहयोग आन्दोलन
१३ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सरकार र तीन दलसँग औपचारिक रुपमा वार्ता गर्नका लागि मोर्चाका संयोजक महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ । रौतहटको गौरमा बुधवार विहान बसेको मोर्चाको वैठकले जिम्मेवारी दिएको हो । बैठक तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सम्मिलित रहेका थिए ।
मोर्चाको गौरमा बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ । वार्ताका लागि महन्थ ठाकुरलाई जिम्मेवारी दिने, अक्टोबर २ देखि सरकारविरुद्ध असहयोग आन्दोलन गर्ने र पूर्व मेचीदेखि महाकालीसम्म मानव साङ्गलो बनाएर विरोध गर्ने लगायतको निर्णय गरेको तमलोपा अध्यक्ष ठाकुरले जानकारी दिए । असहयोग आन्दोलन अन्तर्गत बिहिवार देखी सरकार लाई कुनै पनि किसिमको राजश्व र कर नतिर्ने साथै कुनै पनि किसिमका सहयोग नगर्ने निर्णय मोर्चाले गरेको हो ।












