१२ असोज, काठमाडौं । एमाओवादी परित्याग गरेका पुर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई मधेशी मोर्चा संवद्ध जनआन्दोलन समितिले आयोजना गरेको सभामा सहभागी हुन् जनकपुर पुगेका छन् । केही दिन पहिले जनकपुर जाने समय निर्धारण गरेका भट्टराईलाई मधेसी मोर्चाले अवरोध गर्ने बताएपछि उनी रोकिएको थिए । त्यसको लगत्तै उनले पार्टी परित्याग गरेर आज जनकपुर पुगेका हुन् । पार्टी नै परित्याग गरेपछि भने मधेसी मोर्चाले उनको जनकपुर भ्रमणको विरोध पनि नगर्ने र समर्थन पनि नगर्ने निर्णय गरेको थियो । भट्टराईलाई विरोध नगर्न भारतीय संयन्त्रमार्फत मोर्चाका नेतालाई निर्देशन दिइएको गोप्य स्रोतले जनाएको छ ।

बाबुरामलाई स्वागत गर्न एमाओवादी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादवलगायत विमानस्थल पुगेका थिए । विमानस्थलमा समेत भट्टराईलाई सर्वसाधारणलेस्वागत गरेको भट्टराईसँगै गएका पत्रकार मनऋषि धितालले जानकारी दिएका छन् ।
अहिले बढ्दै गएको दूरी कम बनाएर सबै नेपालीले संविधान जारी भएको खुसीयालीमा दीपावली गर्ने वातावरण बनाउनु नै भट्टराईको अहिलेको एजेण्डा रहेको पनि उनले बताए ।
जनकपुरमा मंगलबार बसेको मधेसी मोर्चाको संयुक्त बैठकले भट्टराईलाई मधेस प्रवेशमा रोक पनि नलगाउने र समर्थन पनि नगर्ने निर्णय गरेको बताइएको छ ।











