१० असोज, काठमाडौं । नेपाललाई अघोषित नाकाबन्दी गरेर विश्वका अगाडि हिरो बन्ने नाटक गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुकको मुख्यालयमा खेपेको प्रश्नको आक्रमणलाई भारतीय संचारमाध्यमले सेन्सर गरेर प्रसारण गरेका छन् । नेपाली जनतालाई दिएको सास्तीबारे गरिएका प्रश्न र तीसम्बन्धी विश्वभरबाट आएका प्रश्न भारतीय टेलिभिजनहरुले हटाएर मात्र प्रसारण गरेका छन् ।
नेपाल र भारतबीच देखिएको पछिल्लो मनमुटावबारे सोधिएको प्रश्नको उत्तर आउन सक्ने अपेक्षमा विश्वभरका मानिसहरु पर्खिरहेका थिए। तर मोदीले कहीँ कतै नेपाल र भारत बीचको सम्बन्ध बारे एक शब्द पनि बोल्न चाहेनन् ।
भारतीय प्रधानमन्त्री फेसबुकको हेड क्वाटरमा आउने जानकारी दिएपछि विश्वभरीबाट ४० हजार मान्छेले विभिन्न प्रश्नहरु सोधेका थिए । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदी गुगलको मुख्यालयमा समेत जाने कार्यक्रम रहेको छ ।
फेसबुक मुख्यालयमा मोदीले खुशीले रोएको नाटक समेत गरेका थिए । नेपाली जनतालाई भोकै पार्ने जस्तो कठोर, निदयी र अपराधी कार्य गरेर मोदीले नेपालसम्बन्धि प्रश्नलाई समेत बाइपास गर्ने कोसिस गरेका छन् । उनले फेसबुक मुख्यालयमा कोमल हृदय भएको नाटक गर्दै रोएको अभिनय गरेका थिए ।












