९ असोज, काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा तराई सामाजिक सद्भाव र जातीय हिंसा भड्किन सक्ने भन्दै यसतर्फ सचेत हुन आग्रह गरेका छन् ।राष्ट्रपति निवासमा आज विहान भएको भेटमा राष्ट्रपति यादवले ठाकुरलाई यस्तो आग्रह गरेका हुन् ।
भेटमा राष्ट्रपतिले संविधान जारी भइसकेको अवस्थामा आफ्नो माग समेट्ने गरी संवादमा फर्किन ठाकुरलाई आग्रह गरेको राष्ट्रपतिका सल्लाहकार ललितबहादुर बस्नेतले जानकारी दिए ।
‘तराईमा धेरैदिनदेखि भएको आन्दोलनले जनतालाई सास्ती भएकोतर्फ राष्ट्रपतिले ठाकुरलाई सचेत गराएका थिए । हिंस्रक आन्दोलनले जातीय सद्भाव विग्रिने भन्दै यसतर्फ ध्यान दिन समेत यादवले ठाकुलाई आग्रह गरेको शितलनिवास स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपतिले ठाकुरलाई वार्ताको लागि पहल गर्न आग्रह गरेका थिए । ठाकुरले मोर्चाका अन्य नेतासँग कुरा राख्ने प्रतिबद्धता राष्ट्रपतिसँग गरेका थिए ।











