९ असोज, बेइजिङ । भारतले नेपालमा नाकाबन्दीको धम्की दिइरहेका बेला चीनले नेपालका लागि आपूर्ति बढाउने तयारी गरेको छ । भारतीय एजेण्टहरुले नेपाली भूमिमा चीनको झण्डा समेत जलाएपछि भारतप्रति आक्रोसित बनेको चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएको उल्लेख गर्दै सरसामानको आपूर्ति बढाउने ईच्छा चीनले देखाएको हो ।

शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री फङ सियाङले आफैँ सहयोग प्रस्ताव राखेका हुन् । उनले तातोपानी र केरुङका दुई नाका खुलाउन पहल गर्ने र नेपाललाई आवश्यक सामग्री आपूर्ति गर्न प्रतिबद्धता जनाएको थिए ।











