८ असोज, काठमाडौं । आगामी असोज १५ गते राष्ट्रपति डा रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दिउँसो १ बजेका लागि अधिवेशन आव्हान गरिएको जानकारी दिएको हो।

नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा ६ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका संसद्को अधिवेश आह्वान गरेका हुन्।
संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका संसद् बैठक आहृवान गर्नुपर्ने व्यवस्था छ।











