७ असोज, वीरगंज । नेपाल भारत सीमाको वीरगञ्जस्थित मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको छ । झडपमा २ प्रहरी र ४ प्रदर्शनकारी घाइते भएका छन् । झडपछि प्रदर्शनकारी भारत सिमातिर भागेका छन् ।
आवात जावत ठप्प पारेर मोर्चाका नेता कार्यकर्ताहरु विहीबार विहानदेखि मितेरी पुलमा बसेका थिए । उनीहरुले सडकमै पाल टाँगेर बस्ने र चौबिसै घण्टा धर्ना दिने बताएका थिए ।

प्रहरीले उनीहरुलाई हटाउन खोज्दा स्थिति तनावपूर्ण भएको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।











