७ असोज, चितवन । भारतीय सीमाबाट पेट्रोलियम पदार्थ नेपालतर्फ आयातमा अवरोध भएको भन्ने हल्लासँगै जिल्लामा कालो बजारी बढेको आशङ्कामा स्थानीय प्रशासनले चितवन जिल्लाका पेट्रोलपम्पको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको पुलचोकदेखि दासढुङ्गासम्मका पेट्रोलपम्पमा गरेको अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना नभई पेट्रोल सकिएको पाइएको छ ।
तीमध्ये सात वटामा भने डिजल बिक्री गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए ।
बजारमा नाकाबन्दीको हल्लासँगै व्यवसायीले कृत्रिम अभाव नगरी सर्वसाधारणले खपत बढाएर अभाव सिर्जना गर्न खोजेको पाइएको उनले जानकारी दिए ।













