दिनेश ठाकुर
६ असोज, नेपालगञ्ज । वाइसिएल बाँकेका सह– सचिव पठानमाथि आक्रमण असोज ६ वाईसिएल बाँकेका सह– सचिव अकवर पठान माथि आक्रमण भएको छ ।
उनीमाथि मंगलवार राती आक्रमण भएको छ । बाँकेको जैयसपूरमा सो आक्रमण भएको बाँके प्रहरीले जानकारी दिएको छ । आक्रमणमा संग्लन कलिम खाँन भनिने कल्लु फरार रहेका छन् । घाईते पठानको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । पठानमाथि खुकुरी रड लगायत प्रहार भएको छ । यसैबिच वाईसिएल बाँकेले घटनाका दोषिलाई कारवाहिको माग गरेको छ ।
वाइसिएल बाँकेका सचिव गिरिराज भुषालले आक्रमण संग्लन लाई पक्राउ गरि तत्काल कानुनी कारवाहिको माग गरेका छन्। । उनले आक्रमणकारीलाई पक्राउ नगरे आन्दोलन उत्रने चेतावनी दिएका छन् ।













