६ असोज, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा संयुक्त मधेशी मोर्चा र मधेशी नागरीकहरुले जनबिरोधी संविधान जारी गरेको भन्दै तीन नेताको पुत्ला दहन गरेका छन । प्रधानमन्त्रि तथा काङग्रेस सभापति शुसिल कोइराला, एमाले अध्यक्ष केपि शर्मा ओलि र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सामूहिक रुपमा पुतला दहन गरेका हुन । संस्कार र्याली र बिरोध प्रदर्शन गर्दै लोकतान्त्रिक चौकमा तीनै नेताको पुतला दहन गरेका हुन ।
मधेशीहरुले अधिकार, पहिचान र स्वायत्त मधेश प्रदेशको माग गर्दै ४५ दिनदेखि निरन्तर आन्दोलनरत रहेको भएपनि राज्यले कुनै सुनुवाई नगरेको भन्दै आक्रोसित जनताहरुले तीन नेताका सामुहिक पुतला दहन गरेको स्थानीय राजकुमारी यादवले जानकारी दिनुभयो । सडक आन्दोलन , बिरोध प्रर्दशन र शान्तीपुर्ण जनप्रर्दशन गर्दा समेत माग सम्बोधन नभएपछि तिनै नेता मधेशी जनताका लागी मरे सरह भएको भन्दै पुत्ला दहन गरी अनतेस्टि गरेको नेताहरले बताएका छन । प्रहरीकै अगाडि नै पुतला दहन गरेको संघिय समाजवादि फोरम नेपालका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिनुभयो । त्यसैगरी कोण सभामा पप्पु मण्डल, धर्मबीर आर्य, दिलिप शाह, डा. सिएन पाठक, गौरीदेवी महतो, उपेन्द्र यादव , सविता यादव लगायतकाले बोलेका थिए ।
यसैबीच आजै वाँके जिल्लाको नेपालगंजमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रमुख तीन दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।












