६ असोज, काठमाडौं । प्रहरीले ठूलो रकम चोरी गर्ने एकजनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौले १० लाख रुपैया चोरी गरि फरार रहेका मनाङ घर भई हाल टोखास्थीत होटल सिद्ध गेष्ट हाउसमा बस्ने समिर गुरुङलाई पक्राउ गरेको हो । महानगरिय प्रहरी वृत महाराजगंजको टोलीले काठमाडौको चण्डोलमा डेरा गरि बस्ने बिजय चौधरीको कोठामा चोरी भएको सूचना प्राप्त हुनासाथ अनुसन्धान गरि गुरुङलाई पक्राउ गरेको जनाएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङको साथबाट चोरी गरेको १० लाख रुपैया समेत वरामद गरेको छ । मुलुकी ऐन २०२० चोरीको महल अन्तर्गत म्याद थप गरि महानगरिय प्रहरी वृत महाराजगंजले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै महानगरिय प्रहरी परिसर काठमाडौले मानब बेचबिखन तथा ओसारप्रसारमा संल्ग्न केहीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । त्यस्तै प्रहरीले काठमाडौंबाट लागु औषध निर्फिन सहित प्रक्राउ गरि सार्वजनिक गरेको छ ।











