६ असोज, काठमाडौं । विशष्ट राजनीतिक परिस्थितिका कारण स्वदेशमै बस्नु पर्ने भएपछि प्रधानमन्त्री सुशील कोइरालाको स्थानमा उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको टोलीको नेतृत्व गर्ने भएका छन् । सिंह वुधबार राती साढे नौ बजे त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यसअघि प्रधानमन्त्री कोइराला जाने भनिए पनि अन्तिम समयमा रद्द गरिएको हो ।
टोलीमा रहने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित १८ जना भने वुधबार दिउँसो त्यसतर्फ गएका छन् । अमेरिका प्रस्थान गर्ने क्रममा मन्त्री पाण्डेले प्रधानमन्त्री नभए पनि सम्मेलन सफल हुने बताएका छन् ।
टोली दुई साता पछि नेपाल फर्कने कार्यक्रम छ ।











