६ असोज, धनगढी । वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना विरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।
धनिरामसहित ५४ जनाको विरुद्ध हत्यामा प्रत्यक्ष संलग्न भएको भन्दै सर्वश्वसहित जन्म कैदको सजाय माग गरी मुद्दा दर्ता गरिएको छ भने फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग गरी सरकारका तर्फबाट सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो
अभियुक्तहरुमध्ये लक्ष्मण चौधरी, लाहुराम चौधरीलगायत २२ जनालाई मंगलबार अदालतमा उपस्थित गराइएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदीशप्रसाद भट्टले बताए। बाँकी ३६ जना भने फरार छन्।












