जयकृष्ण यादव
५ असोज, सुनसरी । नेपालका नयाँ संविधानको विरोध गर्दै आन्दोलनमा उत्रेका सुनसरीका मधेशीहरुले चीनको भण्डा जलाएका छन् । सुनसरी सदमुकाम इनरुवामा बृहत मधेश संघर्ष समितिका नेता तथा कार्यकर्ताहरुले जनविरोधी संविधान बिरुद्ध प्रदर्शन गरेका हुन । मंगलबार हजारौको संख्यामा रहेका समितिका नेता कार्यकर्ताहरुले इनरुवा नगरको परिक्रमा गर्दै बसचौकमा चीनको झण्डा जलाएको हो ।
नेपालको संविधान केही सिमित व्यक्तिले जारी गरेको त्यसमा चिनले समर्थन र स्वागत गरेकाले चीनको झण्डा जलाएको स्थानीय नेता मनोज यादवले जानकारी दिनुभयो । नयाँ बनेको संविधानलाई चिन सरकारले स्वागत गरेको बिरुद्धमा समितिका नेता कार्यकर्ताहरुले इनरुवामा चिनको झण्डा जएको यादवले बताउनुभयो । प्रहरीको अगाडी नै धेरैको मासमा चीनको झण्डा जलाएको थियो ।












