५ असोज, काठमाडौं । नयाँ संविधान जारी भएपछि प्रचण्डपथको विजय भएको दावी एमाओवादीले गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो विचारको विजय भएको भन्दै नयाँ पुस्तक सार्वजनिक गरेका हुन् । एमाओवादी स्थायी समिति सदस्य गोपाल किराँतीद्वारा लिखित प्रचण्डपथको विजय नामक पुस्तक प्रचण्डले मंगलबार सार्वजनिक गरेका हुन् ।
पुस्तकमा किराँतीले लेखेका विभिन्न समयका लेखहरुको संग्रह रहेको छ । एमाओवादीले पछिल्लो समय प्रचण्डपथको कुरा गर्न छाडेको थियो । तर प्रचण्डपथको विजय भएको भन्ने नयाँ धारणाले बाबुराम भट्टराई पक्षधरलाई झनै चिढ्याउने देखिएको छ ।











