५ असोज, काठमाडौं । सिमांकनको विषय लिएर मधेश केन्द्रित दलहरुले आह्वान गरेको अनिश्चितकालिन मधेश बन्द आज ४० औ दिन जारी रहेको छ । स्थानिय प्रशासनले लगाएको दंगाग्रस्त क्ष्ँेत्र तोड्दै आज विहानै देखी आन्दोलनकारीहरुले पर्सा र बारामा प्रर्दशन गरी रहेका छन ।
विगत २४ दिनदेखि स्थानिय सुरक्षा समितिले कफ्र्यु जारी गरेपनि सर्वसधारणको राहतको लागि विच विचमा कफ्र्यु खुकुलो बनाउदै आएका थिए । सविधान जारीको पूर्व संध्या र सविधान जारी भएको दिन आईतबार सुरक्षा समितिले वीरगन्जमा अनिश्चितकालिन कफ्र्यु यथावत राखेको थियो । नया सविधानको विरोधमा मधेशी मोर्चाले वीरगन्जमा सोमबार शतिm प्रर्दशन गरेका कारण दिन पनि तनावग्रस्त भएको थियो ।
आज विहान ६ बजेदेखि राती १० बजेसम्म कफ्र्यु हटाए लगतै प्रर्दशनकारीहरुले वीरगन्जको विभिन्न क्षेत्रमा दंगाग्रस्त क्षेत्र तोड्दै टायर बालेर प्रर्दशन गरी रहेका छन । विगतको दिनमा सुरक्षा समितिले कफ्र्यु हटाए लगतै बजारमा चहलपहल शुरु हुन्थ्यो तर आज यहाको बजार पूर्णरुपमा बन्द भएको छ । आन्दोलनकारीहरुले बन्दलाई सफल बनाउन विहानै देखि सडकमा उत्रेका छन ।
प्रमुख तीन दलले मधेश थरुवटको हकअधिकार सुनिश्चित विना जारी गरेको नया सविधानको विरोध गर्दै आन्दोलनलाई दिनप्रति दिन उग्र बनाउदै गएका छन । उनीहरुले वीरगन्जको नगवा, बसपार्क, लक्ष्मनवा चोक, गण्डक, पिपरा, पावरहाउस, मुर्ली, घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया, ईनर्वा लगायत ग्रामिण क्षेत्रको मुख्य चोक चोकमा टायर बालेर प्रर्दशन गरीरहेका छन ।

प्रर्दशन उग्र भएपछि ठाउ ठाउमा प्रहरी र आन्दोलनकारी विच झडप समेत भएको छ । वीरगन्जको गण्डक र माईस्थान चोकमा प्रहरी र प्रर्दशनकारी विच झडप भएको हो । दंगागस्त क्षेत्र टोडेर प्रर्दशनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो । झडपमा परी प्रहरी सहित आधादर्जन प्रर्दशनकारीहरु घाईते भएका छन । प्रहरीले घर घरमा पसी सर्वसाधारणलाई समेत कुटपिट गर्न थालेपछि झन आन्दोलनकारी उग्र भएका छन । आन्दोलनकारीहरुले माईस्थान चोकमा ड्युटी गरी रहेका प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन । पेट्रोल बमबाट प्रहरी हवल्दार कृष्ण बहादुर नेपाली, प्रहरी जवान राजु परियार, राजकिशोर यादव समान्य घाईते भएका हुन ।
प्रर्दशनकारीहरुले नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभासद राजेन्द्र अमात्यको घरमा तोडफोड गरेका छन । आन्दोलनकारीहरुले वीरगन्ज स्थित माईस्थान ११ मा रहेको अमात्यको घरमा तोडफोड गरेका हुन । आन्दोलनकारीहरुले चोक चोकमा भेला भएर नया सविधानको प्रति जलाउनेदेखि प्रर्दशन र नाराबाजी गर्ने माग भई रहेको छ । ग्रामिण क्षेत्रमा पनि प्रर्दशनकारीहरुले प्रर्दशन गरीरहेका छन ।
यसैबिच प्रदर्शनकारीहरुले सोमबार सँझ पर्सा क्षेत्र नम्बर ३ का एमाले सभासद राज कुमार गुप्ताको घरमा पेट्रोल बम प्रहार गर्दै तोडफोड र आगजनी गरेका छन् । वीरगन्ज श्रीपुरमा अवस्थित सभासद गुप्ताको घरमा प्रदर्शनकारीहरले तोडफोड र आगजनी गरेका हुन् । ४०÷४५ जनाको संख्यमा रहेका प्रदर्शनकारीहरुले शुरुमा सभासद गुप्ताको घरमा बाहिरबाट तीन वटा पेट्रोल बम प्रहार गरेका थिए ।
१५÷२० जनाको संख्यामा गएका व्यक्तिहरुले नेपाल पत्रकार महासंघ पर्साको भवनमा पनि तोडफोड गरेका थिए । वीरगन्जको मूर्ली बगैंचामा अवस्थित महासंघको भवनमा सँझ ६ बजे तिर १५÷२० जनाको संख्यामा गएका व्यक्तिहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट भवनको झयालका सबै सिसाहरु फुटेका छन् । यस्तै उनिहरुले महासंघको साइनबोर्ड झिकेर आगजनी पनि गरेका छन् । तोडफोड गर्नेहरुले भवनकै अगाडि टायर पनि बालेका थिए ।













