५ असोज, काठमाडौं । संविधानप्रति असन्तुष्ट पक्षका मागहरु समेट्ने प्रयासस्वरुप तीन दल विहानैदेखि कसरतमा छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता विभिन्न औपचारिक र अनौपचारिक छलफल गरिरहेका छन् । असन्तुष्ट मधेसी नेता महन्थ ठाकुरसँग आजै प्रधानमन्त्री सुशील कोइरालाले भेटवार्ता गरेका थिए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई मनाउन तीन दलका नेताहरु उनकै पार्टी कार्यालय सानेपामा पुगेका छन् । सानेपामा भएको छलफल सकारात्मक रहेको नेताहरुले जनाएका छन् ।











