४ असोज, काठमाडौं । प्रदर्शनकारीहरुले पर्सामा नेपाल पत्रकार महासंघको कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् । ठूलो संख्यामा गएका प्रदर्शनकारीले श्रीपुरमा रहेको पत्रकार महासंघको कार्यालयमा आगो लगाएका हुन् । वीरगंजमा हिजोदेखि प्रदर्शनकारीहरुले पत्रकारहरुमाथि आक्रमण गर्न थालेका थिए । हिजोको आक्रमणबाट दुई पत्रकार गम्भीर भएका थिए भने अन्य सामान्य घाइते भएका थिए । पत्रकार महासंघको कार्यालयमा गरिएको आगजनीका कारण वीरगंजका सबै पत्रकारहरु आतंकित बनेका छन् ।
त्यस्तै उनीहरुले पर्सा क्षेत्र नम्बर तीनका सभासद् राजकुमार गुप्ताको घर तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।












