४ असोज, काठमाडौं । भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन गरेका प्रचण्डले नयाँ संविधान जारी भएपछि भारतलाई जवाफ फर्काएका छन् । नेपाली राजनीतिमा भारतीय हस्तक्षेपविरुद्धको आन्दोलन पार्टी एक्लैले लड्न नसकेपछि प्रमुख तीन दलले संयुक्त रुपमा लडेर विजय प्राप्त गरेपछि प्रचण्डले नेपालीहरु भारतको एस मेन नबन्ने भन्दै जवाफ फर्काएका हुन् । संविधान स्वागत समारोहलाई आज सैनिक मंचमा सम्बोधन गर्दै प्रचण्डले नेपालको संविधानलाई भारत र चीनले सहयोग गर्नुपर्ने बताए ।
अरुको स्वतन्त्रतालाई सम्मान गर्नेले मात्रै आफ्नो स्वतन्त्रतालाई सुरक्षित गर्न सक्ने चेतावनी पनि प्रचण्डले भारतलाई दिए।
मधेसी, थारु र जनजातिका मुद्दाहरु एमाओवादीले उठाएको बताउँदै अब पनि उनीहरुको पक्षमा आफू लागिरहने उनले बताए । प्रचण्डले मधेसी र असन्तुष्ट पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरे । २ नम्बर प्रदेश पहिचानसहितको प्रदेश बनेको भन्दै मधेसीको अधिकारको सुनिश्चित भएको दावी समेत प्रचण्डले गरे ।












