२ असोज, वीरगंज । तीन दलले निर्माण गरेको सविधानको विरोध गर्दै बारा, पर्सा लगायतका जनताले घर घरका कालोझण्डा टागेर विरोध जनाएका छन् । सरकारले नया सविधान जारी गरी देशभरी दिपाउले मनाउने तैयारी गरी रहेको बेला मधेशमा नया त्यसको विरोधमा घर घरमा कालोझन्डा टांगेर विरोध गरिएको हो । मधेशीको सहभागिता विना जारी गर्न लागेको सविधान मधेशलाई मान्य नहुने बताउदै यहाका स्थानियवासीहरुले घर घरमा कालोझन्डा टागेर विरोध जनाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला नेता एव फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवले जानकारी दिनुभयो ।
प्रमुख तीन दल काग्रेस, एमाले र ए माओवादीले मधेशलाई नै बहिष्कार गरेर जबरजस्ती आफनो मनोमानी ढंगले सविधान जारी गर्न खोजेको उनीहरुको आरोप छ । अबको लडाई आरपारको लडाई भएको भन्दै उनीहरुले मधेशको हकअधिकार र विगतमा भएको सहमतीलाई कार्यान्वयन विना नया सविधान मधेशमा लागु गर्न नदिने चेतावनी समेत दिएका छन । मधेस विरोधी संविधान ल्याएको भन्दै पर्सा र बाराका नागरिकहरुले आ आफनो घरमा कालो झण्डा राखेर कडा विरोध जनाएका हुन ।
वीरगन्जको नगरक्षेत्र र ग्रामिण भेगको घर घरमा कालो झण्डा राखेर संविधानको विरोध गरेका हुन् । साथै पारित संविधानको बिरोधमा कालो झण्डा हातमा लिएर बिरोध प्रदर्शन गर्दै घर दैलो र टाउकोमा कालोपटी बाधेर मोटरसाईकल जुलुस निकालेका छन । वीरगन्जको सुख्खाबन्दरगाहा र बसडिल्वा गाविसबाट निकालिएको विरोध जुलुस गाविसहरुमा प्रर्दशन गरेका छन । तीनदलले असोज ३ गते सविधान घोषणा पछि दिपावली गर्ने आहवान गरे पनि पर्साका आन्दोलनकारीले असोज तीन काला दिनको नारा दिएर विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए ।
आज तेश्रो दिनपनि जिल्लाको घर घरमा कालोझण्डा टांगेर विरोध जनाएका छन । असोज ३ गते सविधान जारी गर्ने दिन तराईमा साझ ७ बजेदेखि राती १० बजेसम्म ब्लेकआउट गर्ने, ४ गते सविधान जलाई कालोपटी बाधेर निषेधित क्षेत्र तोडी सदरमुकाममा विरोध प्रर्दशन गर्ने जस्ता विरोधका कार्यक्रमहरु तय गरिएको छ ।
यसैगरी मधेश विरोधी संविधान बनाईएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाराको विभिन्न स्थानमा आज प्रदर्शन गरेको छ । बाराको सबै निवार्चन क्षेत्रका गाउ, टोल तथा घरमा कालो झण्डा राखेर र कालो झण्डा सहित विरोध जुलुस निकालि विरोध जनाएका छन । उनीहरुले तमलोपाका महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई विना शर्त तत्काल रिहा गर्न माग पनि गरेका छन ।












