२ असोज, काठमाडौं । पशुपति शमशेर राणाले आफुले नेतृत्व गरेको राष्टिय प्रजातन्त्र पार्टी नै आधिकारिक र वैधानिक भएको दावी गरेका छन् । शनिवार काठमाडौमा राप्रपा नेपाल समानन्तर समूहबाट वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीको नेतृत्वमा आएको समूहलाई पार्टीमा प्रवेश गराउँदै राणाले राष्टिय प्रजातन्त्र पार्टीको आधिकारिक र वैधानिक अध्यक्ष आफु नै भएको दावी गरेका हुन् ।
दुई साता अघि बहुमत सहित निर्वाचनमा आयोगमा राप्रपा पार्टीको अध्यक्षमा पूर्वप्रधानमन्त्री समेत लोकेन्द्र बहादुर चन्दलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षमा चुनेका थिए । तर पदबाट गलहत्याइएका पशुपति शमशेर राणाले पार्टी अध्यक्ष आफै भएको दावी गर्दै आएका छन् ।











