व्यवस्थापिका संसदको बजेट अधिवेशन अन्त्य भएको छ । चालु अधिवेश अन्त्यसँगै एक हप्तामा नयाँ प्रधानमन्त्री चयनको सम्भावना अन्त्य भएको छ । अर्को अधिवेशन बोलाउन कम्ती दुई हप्ताको अन्तर हुनुपर्ने भएकाले एक हप्तामै नयाँ प्रधानमन्त्री चुनिने सम्भावनाको अन्त्य भएको छ ।
प्रधानमन्त्री सुशीलको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले शनिबार राति ९ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । संसदको शनिबारको बैठकमाअधिवेशन अन्त्यसम्वन्धी पत्र सभामुख सुवास नेम्वाङले पढेर सुनाउनुभएको थियो । भोलि आइतबार साँझ ५ बजे नयाँ संविधान जारी गर्ने कार्यक्रम छ । त्यससँगै संविधानसभा रुपान्तरित संसदमा परिणत हुनेछ ।

अधिवेशन अन्त्य नभएको भए नयाँ संविधान जारी भएको ७ दिन अर्थात असोज १० गतेभित्र नयाँ सरकार गठन गरिसक्नु पर्ने हुन्थ्यो । तर, अब नयाँ अधिवेशन आहृवान भएको सात दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख र ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु पर्नेछ ।











