१ असोज, विराटनगर । नयाँ संविधानको स्वागतमा मधेसमा दीपावली गरिएको छ । नयाँ संविधान पारित भएर घोषणा भएपछि विराटनगरमा लगातार दुईदिनदेखि दीपावली भैरहेको हो । नेपालदेश डटकमका विराटनगर व्युरो संवाददाता अभय राईले दिएको जानकारी अनुसार त्यहा दुई दिनदेखि लगातार दीपावली भैरहेको छ ।
केही मधेसकेन्द्रित दलले गरेको यातायात बन्दका कारण आजित भएको भन्दै विराटनगरका नागरिक, व्यावसायी र सर्वसाधारणले नयाँ संविधानको स्वागत गरेका हुन् । सिंगो मधेस आन्दोलित भएको भनी केही मेधसी दलहरुले धम्की दिइरहेका बेला मधेसमै स्वागतमा दीपावली हुनुले उनीहरुको आधारभूमि सकिएको विश्लेषकहरु बताउँछन् ।














