३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले निलम्बित सभासद संजयकुमार साहलाई एक वर्ष ९ महिना कैद सजाय सुनाएको छ । साथै ५ हजार जरिवानाको फैसला सुनाएको छ । साह राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका एक मात्र प्रत्यक्ष निर्वाचित सभासद् थिए ।
सर्वोच्चले २०६८ सालदेखि विचाराधिक मुद्दामा फैसला गर्दै साहलाई हात हतियार तथा खरखजाना र केही सार्वजनिक अपराधको मुद्दामा दोषी ठहर गरेको हो ।
सर्वोच्चका न्यायाधीश बैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्र शम्शेरको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गरेको हो ।
३ जेठ २०६३ मा धनुषाको सखुवा महेन्द्रनगरमा होहाल्ला गरेको गरेको अवस्थामा हतियारसहित पक्राउ गरेको भन्दै हातहतियार तथा खरखजाना र केही सार्वजनिक अवराधमा मुद्दा चलेको थियो ।












