नेपालको संविधान २०७२ पारित भएपछि जनताले खुशी मनाएका छन् । नयाँ संविधानको घोषणा हुन बाँकी भए पनि वुधबार संविधान सभाबाट पारित भएपछि देश औपचारिक रुपले संघीयतामा गएको छ । जनताले २००७ सालदेखि गरेको संविधान सभाबाट संविधान पाउने सपना सजाएका थिए । तर छ दशकपछि मात्रै जनताको यो सपना साकार भएकोले जनताले राति सडकमै दिपावली गरेका छन् ।
साँझ नौ बजे संविधान पारित भएपछि जनताले संविधान सभा बाहिर नै दिपावली गरेर स्वागत गरेका छन् ।












