३० भदौ, काठमाडौं । नयाँ संविधान घोषणाको अवसरमा खुशीयाली मनाउन दुई दिन विदा दिइने भएको छ । असोज ३ र ४ गते सार्वजनिक विदा दिन संविधानसभाले प्रस्ताव गरेको छ ।
संविधानसभाले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि मात्रै विदा कार्यान्वयन हुने छ । तर संविधान सभाले गरेको प्रस्ताव सरकारले अस्वीकार गर्ने सम्भावना नरहेकोले कर्मचारीका लागि दुई दिन सार्वजनिक विदा पक्का भएको हो ।
संविधानसभाले वुधबार नयाँ संविधानक सबै धाराहरु पारित गरिसकेको छ । त्यस्तै असोज ३ गते ५ बजे संविधान घोषणा गर्ने प्रस्ताव समेत पारित भैसकेको छ ।
यसैबीच पहिलो संविधान सभाका सदस्यलाई पनि संविधान निर्माणको जस दिनका लागि उनीहरुलाई पनि बोलाउने निर्णय गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधान घोषणाको समयमा पूर्व सभासदहरुलाई पनि बोलाउने प्रस्ताव गरेको हो् । नयाँ प्रस्तावअनुसार पहिलो संविधान सभामा संविधान बनाउन नसकेको भन्ने अपजस पूर्व सभासद्हरुलाई लाग्ने छैन ।












