३० भदौ, सिराहा । सिराहामा नेपाली सेनाको ट्रक टुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ । लाहानबाट सिराहा सदरमुकाम जाँदै गरेको नयाँ गोरखनाथ गण चोहर्वा व्यारेकको बा १ ग १९१३ नम्बरको ट्रक दुर्घटना हुँदा २ सैनिकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा परी १४ जना घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको उपचार राहु अस्पताल लाहानमा भैरहेको छ ।
लाहानको खाद्य संस्थानबाट सिराहाका कैदी बन्दीलाई खाद्य सामग्री लिएर गएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।











