२९ भदौ, रुपन्देही । रुपन्देहीको बेसरी भन्ने स्थानमा प्रहरीले चलाएको गोली लागी चार वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीले मालबाहक ट्रक स्कर्टिङ गर्ने क्रममा भएको झडपमा बालक चन्दनकुमार पटेलको मृत्यु भएको हो । मालबाहक ट्रक स्कर्टिङ गर्ने क्रममा पछाडि छुटेको एक ट्रकले स्थानीय महिलालाई ठक्कर दिएपछि स्थानीयवासीले ढुंगामुडा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागी बालक चन्दकुमार पटेलको मृत्यु भएको जनाइएको छ । झडपमा अन्य तीन जना घाइते भएका छन् ।













