२८ भदौ, काठमाडौं । नयाँ संविधानको विधेयकका ४ भाग र ५५ वटा धारा पारित भएका छन् । आइतबार संविधान विधेयकका तीन धारा पारित भएका थिए । सोमबार दिनभर ५२ धारा पारित भएका छन् । सोमबार संविधान सभाको बैठक तीनपल्ट बस्दै महत्वपूर्ण बुँदाहरु पारित गरेको हो । संघीयता, धर्मनिरपेक्षता तथा नागरिकताका विषय समेटिएका महत्वपूर्ण धारा पारित भैसकेका छन् ।

संविधानसभाको बैठक मंगलबार विहान १० बजेसम्मका लागि स्थगित भएको छ । बैठक सोमबार साँझ सात बजेपछि स्थगित भएको थियो ।











