२४ भदौ, सिराहा । प्रदर्शनकारीहरुले सिराहाको चोहर्वामा प्रहरी विट जलाएका छन् । सिराहाको प्रदर्शनले उग्र रुप लिएपछि आज सिराहालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि लाहानमा तीनवटा ट्रक जलाइएका छन् । यतिवेला सिराहामा सेना बाहिर निस्किएको छ । चाहर्वामा प्रदर्शनकारीले प्रहरी विट जलाएपछि सेनाले समेत फायर खोलेको छ ।
प्रहरीतर्फ एक दर्जनभन्दा बढी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ दुई दर्जनको संख्यामा घाइते भएको हाम्रा संवाददाताले जनाएका छन् ।











