२४ भदौ, काठमाडौं । प्रमुख तीन दलले पछिल्लोपटक वार्ताका लागि आह्वान गरेको पत्र आफूहरुले प्राप्त नगरेको मधेसी मोर्चाले जनाएको छ । भैरहवाको सन सेट होटलमा विहानैदेखि बसेको मोर्चाका शीर्ष नेताको बैठकमा तीन दलको अपिलमाथि धारणा बनाउने विषयमा छलफल भएको समाचार बाहिर आएका बेला मोर्चाका एक नेताले यस्तो बताएका हुन् ।
तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले नेपालदेश डटकमसँग टेलिफोनमा कुराकानी गर्दै सरकार र तीन दलको औपचारिक पत्र प्राप्त नभएको बताए । होटलमा जारी बैठकमा फ्याक्समार्फत पत्र पुगेको भन्ने समाचारको खण्डन गर्दै शुक्लले आफूहरुलाई अहिलेसम्म फ्याक्स वा कुनै माध्यमबाट पत्र नआएको बताए । केवल संचारमाध्यमबाट मात्र आफूहरुले जानकारी पाएको उनको भनाइ थियो ।











