२३ भदौ, काठमाडौं । वुधबार साँझ सिराहाको लाहानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दुई दर्जन प्रदर्शनकारी र एक दर्जन प्रहरी घाइते भएका छन् । छ जना प्रदर्शनकारीलाई गोलीको छर्रा लागेको छ । उनीहरुको उपचार रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भैरहेको छ । अस्पताल परिसरमा समेत झडप भैरहेको छ । झडपछि सिराहामा वुधबार साँझ ११ बजेदेखि विहीबार विहानसम्मका लागि कर्फ्यु जारी गरिएको छ ।











