२३ भदौ, काठमाडौं । भदौ २५ गते विहीबार नेपाल बन्द भएको वा काठमाडौं उपत्यका बन्द भएको भन्ने हल्ला निराधार भएको जानकारी प्राप्त भएको छ । विभिन्न धार्मिक संघ संस्था र राप्रपा नेपालले विहीबार उपत्यका बन्दको आयोजना गरेको हल्ला फैलिएपछि राप्रपा नेपालले यसबारे प्रष्ट पारेको छ । विहीबारका लागि राप्रपा नेपालले कुनै पनि बन्द हडताल नराखेको जानकारी सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।












