२२ भदौ, काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङगत कटवालले मधेसी नेताहरुको आन्दोलन विदेशी शक्तिको चलखेलमा भएको दावी गरेका छन् । नेपाल देश डटकमलाई गोप्य रुपमा प्राप्त एक अडियो टेपमा नेपाली नेपालीलाई आपसमा लडाएर मार्नका लागि मधेसमा प्रदर्शन भएको ठहर गरेका छन् । नेपालमा रक्तपात मच्चाउन संघीयताको विषय विदेशीको रुचिमा आएको समेत उनले बताएका छन् । पाँच विकास क्षेत्र र चौध अञ्चल सबैले मान्दै आएको र राजाले बनाएको भएर सबैले मानेको पनि उनको अडियोमा सुन्न सकिन्छ । सबै जातजाति र धर्माबलम्बी मिलेर बसेको अवस्थामा विदेशीको रुचिमा नेपालमा यस्तो अवस्था सिर्जना गरिएको उनको ठहर छ ।
मधेसी नेताहरुको जीवनशैलीले उनीहरु तराईवासी जनताको पक्षमा नरहेको प्रष्ट हुने संकेत कटवालले गरेका छन् । उनले भनेका छन् मधेसी नेता कहाँ बस्छन्, कहाँ खान्छन्, छोराछोरी कहाँ पढाउँछन् ? तिनको घर कहाँ छ ? तिनीहरुको स्वार्थ कहाँ छ ? के तिनीहरु तराईमा बस्छन् ? तराईका जनताको कुरा लिएर तिनीहरु कराउने ?
तराईका नेताले कहिले नागरिकता लिए र उनीहरुले केके गतिविधि गर्छन् भन्ने कुराको खोजविन हुनुपर्ने तर्क उनले गरेका छन् ।
मधेसी नेताहरु मधेसमा नबस्ने गरेको र उनीहरुको सुख दुःखमा सहभागी नभएका नेताहरुले मधेसको अधिकारको कुरा गर्नु व्यर्थ भएको कटवालको भनाइमा बुझिन्छ ।
सुन्नुहोस् अडियो :











