२१ भदौ, काठमाडौं । असन्तुष्ट मधेसी दल र थारुहरुको माग सम्बोधन गर्न एमाले तयार नभएपछि एमालेलाई अलग्याएर कांग्रेससँग सहमति गर्ने कसरत गरेको छ । यस्तो कसरतअनुरुपमा एमाओवादी र कांग्रेसबीच आज बालुवाटारमा दुई दलको बैठक बस्यो । थारुहरुका माग सम्बोधन गर्न भीम रावलकै कारण एमाले असहमत भएपछि एमाओवादीले कांग्रेससँग छुट्टै बैठक गरेको हो । एमालेकै कारण विजय गच्छदार समेत चार दलबाट बाहिरिएको ठहर गर्दै एमाओवादी र कांग्रेस नयाँ कसरतमा लागेको हो । यसअघि एमाओवादीले कांग्रेसलाई अलग्याएर एमाओवादीले एमालेसँग नारायणकाजीको निवासमा एमालेसँग गोप्य बैठक गरेको थियो ।
आज भएको दुई दलीय बैठकमा एकीकृत माओवादीले एकीकृत नेकपा माओवादीले आन्दोलनरत थारु र मधेसीहरुको माग सम्वोधन गर्दे अघि बढुनपर्नेमा जोड दिएको छ ।
सोमबार प्रमुख सत्तारुढ घटक नेपाली काग्रेससंग छलफल गर्दे एकीकृत माओवादीले लामो समयसम्म सहकार्य गरेको फोरम लोकतान्त्रिकमा अध्यक्ष विजय गच्छदारलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिएको हो । संबिधान लेखन प्रक्रियामा सहमति जनाउदै संबिधानसभा र्नै बहिष्कार गर्ने निर्णय फोरम लोकतान्त्रीकले गरेपछि माओवादीले संगै लिएर अघि बढुनपर्ने जनाएको हो । बैठकमा दुईदलले थारु र मधेसीहरुका माग सम्वोधन गर्न पार्टीभित्रैबाट आएका दवावका बिषयमा पनि छलफल गरेका थिए । संसोधन प्रस्तावमा पनि माग सम्वोधन नभएपछि थारू र मधेसीहरूले सरकारले वार्ताको ढोका बन्द गरेको भन्दै आन्दोलन जारी राखेका छन् । बैठकले असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर संबिधान निमार्ण प्रक्रियामा जाने सहमति भएको काग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
संविधानको विधेयक र त्यसमा परेको संसोधनमाथि संविधानसभामा दफावार छलफल हुनु अघि नै थारु र मधेसीहरुका माग सम्वोधन गर्नुपर्ने आवाज चर्को रुपमा उठेपछि एकीकृत नेकपा माओवादीले अन्य दलहरुसंग छलफल थालेको हो । संबिधानको बिद्येयकमाथि छलफल गर्न मंगलबार संबिधानसभाको बैठक समेत बोलाईएको छ । मधेशवादी दलहरुले भने संबिधानसभाको बैठक बहिष्कार गर्ने तयारी गरेका छन् ।











