२१ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर भइरहेका बन्द हड्तालका विषयमा सामाजिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमा नलेख्न तथा अरुले लेखेका कुरा लाइक, शेयर र रिट्वीट नगर्न कर्मचारीहरुलाई भनेको छ ।

सामाजिक सद्भाव खल्बल्याउने तथा विभिन्न जाति, धर्म, संस्कृतिको मूल्य मान्यतामा आँच आउने अभिव्यक्ति, फोटो, कार्टुन, चित्र लगायतका सामाग्री सम्प्रेषण हुने गरेको र यसले शान्ति सुरक्षामा समेत असर परेको प्रधानमन्त्री कार्यालयबाट जारीे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- ‘यस्तो कार्यमा राष्ट्रसेवक कर्मचारीको पनि संलग्नता हुने गरेको साथै कर्मचारीबाटै लाइक, शेयर, ट्याग, ट्वीट रिट्वीट गरी सामाजिक सञ्जालमार्फत विभिन्न जाति, भाषा, संस्कृति, धर्म, सम्प्रदायप्रति आघात पुग्ने किसिमका फैलावटबाट समाजिक सद्भाव खलल पर्ने देखिएको हुँदा त्यस्ता कार्यहृरुमा संलग्न नहुन राष्ट्रसेवक कर्मचारीहरुलाई आहृवान गरिएको छ ।’












