१९ भदौ, वीरगंज । वीरगंजमा मलामीहरुले नै ईलाका प्रहरी कार्यालयमा आगजनी गरेका छन् । भदौ १४ र १५ गते वीरगंजमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिहरुको शव यात्रा निकाल्ने क्रममा संलग्न युवाहरुले नगवास्थित ईलाका प्रहरी कार्यालयमा आगजनि गरेका हुन । शव नगवामा भएर फिर्ता आउने क्रममा सुनसान रहेको प्रहरी कार्यालयको परिसरमा रहेको प्रतिक्षालयमा अराजक व्यक्तिहरुले आगजनी गरेका हुन । उनीहरुले कार्यालयभित्र रहेको खाट, कुर्सी र केही काजगपत्र समेत जलाएका छन । कार्यालयमा तैनाथ रहेका प्रहरीलाई पर्साका एसपीले शव यात्रा निकाल्ने बेलामा खाली गर्न निर्देशन दिएका थिए । प्रहरी कार्यालय सुनसान रहेको मौका छोपी अराजक भिडले आगजनी गरेको स्थानीयले जनाएका छन ।











