१९ भदौ, काठमाडौं । गृहमन्त्री बन्ने वित्तिकै प्रहरीका उच्च अधिकारीले तल्लो तहका प्रहरी जवानलाई तपाईं भनेर सम्बोधन गर्न निर्देशन दिएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफ्ना सहयोगीलाई अनादरवाची सम्बोधन गर्दै अपमानजनक ढंगले हटाएका छन् । त्यति मात्र होइन एक नागरिकलाई गृहमन्त्रालय प्रवेश समेत गर्न नदिने गरी उनले गौतमले गृहमन्त्रालयमा नै नआउन भनी झपारेका छन् ।
आफ्नो र एमाले नेताको पोल खोलिदिएको भन्दै आफ्ना सहयोगीलाई अपमानजनक तरिकाले हटाएका छन् । गौतमका सहयोगी विराज विष्टलाई उनले अनादरवाची सम्बोधन गर्दै गृहमन्त्रालय नआउन आदेश दिए । उनले भने ‘तँ जहाँ जान्छस् जा । गाडी चढ्न मन छ भने चढ्, मिडियामा छाउन मन छ भने, त्यो पनि गर । तर, म गृहमन्त्री हुँदासम्म गृहमन्त्रालयमा देखा नपर् ।’
एमाले नेताहरुले गोकर्ण रिसोर्टमा गरेको मस्तीका तस्वीरहरु बाहिर ल्याइदिएको भन्दै विष्टलाई गौतमले विष्टलाई अपमानजनक ढंगले निकालेका हुन् । केही समयपहिले नेकपा एमालेका नेताहरू गोकर्ण रिसोर्टमा नाचेको, मदिरा लिएको लगायतका तस्बिर सार्वजनिक भएका थिए ।
नेकपा एमालेको केन्द्रीय समितिको बैठक सकिएलगत्तै एमालेअध्यक्ष केपी शर्मा ओलीसहितका नेता गोकर्ण रिसोर्ट पुगेका थिए । त्यहाँ उनीहरूले रमाइलो गरी नाचगान पनि गरेका थिए । केपी ओली र झलनाथ खनालले नाच्ने योगेश भट्टराई र रविन्द्र अधिकारी नाच्ने, अन्यले मदिरा पिउने गरेका तस्वीर सार्वजनिक भएका थिए ।












