१९ भदौ, काठमाडौं । एमाओवादी स्थायी समितिको बैठकले एमालेका कारण आन्दोलनरत पक्षका मागको सम्बोधन गर्ने विषयमा चार दलबीच सहमति हुन नसकेको कुरा सार्वजनिक गरेको छ । शनिवार मध्यान्ह सिंहदरबारमा बसेको पदाधिकारीसहित स्थायी कमिटी बैठकले मधेसी र थारुहरुका माग सम्बोधन हुने गरी अन्य दलसँग सहमति गर्ने जिम्मेवारी समेत दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले एमालेका कारण समस्या भएको जानकारी गराएका थिए । सिमांकनलाई मिलाउने विषयमा कांग्रेस समेत सकारात्मक भए पनि एमालेले नमानेकोका उनले बताए । विजय गच्छदार मानेमा थारु र मधेसीलाई सम्बोधन हुने गरी सिमांकनलाई हेरफेर गर्न कांग्रेस तयार भएको प्रचण्डले जानकारी गराएका थिए ।
कुनै पनि बहानामा संविधान जारी गर्नुपर्ने भन्दै एमाओवादीले थारु र मगरातले उठाएको सिमांकनको प्रश्नलाई पनि सम्वोधनको प्रत्यत्न गर्ने निर्णय गरेको छ । संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गर्नेबारे मुख्य दलहरुबीच सहमति हुन नसकेपछि कम्तिमा दुई दिन समय बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
तराईमा चर्किएको आन्दोलनका माग संवोधन गर्नका लागी आयोग बनाउने विकल्प पनी एमाओवादीले अघि सारेको छ ।











