१८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा देखिएको भ्रष्टाचारको छानविन गरी मेडिकल माफियालाई कारबाहीको माग राख्दै राप्रपा नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गराएको छ । राप्रपा नेपालका भ्रातृ संगठनको सक्रियतामा नारा जुलुससहित शुक्रबार अख्तियारमा निवेदन दर्ता गराएको हो ।
बुटबलस्थित यूनिर्भसल मेडिकल कजेजका प्रशासन प्रमुख ध्रुव पौडेलको अडियो सहित राप्रपा नेपालले अख्तियारमा मुद्दा दर्ता गराएको हो । एक अनलाइनले गरेको स्टिङ अपरेशनको अडियो सो दलले बुझाएको हो ।
मेडिकल कलेजमा हुने गरेको अनियमितामा मन्त्रीदेखि राजनितिक पार्टीका नेताहरु समेत सहभागी रहेको राप्रपा नेपालका नेता श्यामवहादुर शाहीले बताउनु भयो ।
भ्रातृ संगठनले अख्तियारमा निवेदन दर्ता गराउँदै गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने रिपोर्टस क्लबमा बोल्दै आफ्ना मागको सुनुवाइ नगरे संसद अबरुद्ध गराउने चेतावनी दिए ।












