१८ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भाद्रको अन्तिम साता संबिधान जारी गर्ने मिति तोक्ने तयारी भएको खुलासा गरेका छन् ।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभाध्यक्ष नेम्वाङले संविधानसभाभित्रैबाट भव्य तयारी गर्दै भाद्रको अन्तिम साता संविधान जारी गर्ने तयारी भएको खुलासा गरे । संविधान जारी गर्ने मिति तोक्ने तयारी भएको बारे आफुले यसका लागि राष्ट्रपतिसँग पनि छलफल गरिसकेको नेम्वाङले जानकारी दिए । जारी हुने मितिबारे आन्तरिक तयारी भएको भन्दै उनले दिन नै किटानी भने गरेनन् । तर कुन दिन जारी गर्ने भन्ने विषयमा आन्तरिक रुपमा निर्धारण भैसकेको र त्यसबारे अझै तयारी भैरहेको उनले संकेत गरे ।

संविधान संशोधनका लागि शनिबार बेलुकासम्मको अबधी तोकिएको भन्दै उनले संविधानसभाको नियममा अर्को कुनै बिकल्प नभएको धारणा पनि व्यक्त गरे । प्रमुख दलहरुले शनिबार बेलुककासम्म सहमतिलाई संशोधन मार्फत प्रक्रियामा पुराउनुपर्नेमा पनि जोड उनले जोड दिए ।
जनतासँगको राय सुझाव लिएर आई सकेको अवस्थामा संवाद समिति र मस्यौदा समिति हुँदै संविधानसभामा पुगिसकेको अवस्थामा अब संविधान जारी गर्ने अन्तिम अबस्थामा रहेको समेत उनले दोहोर्याए ।
संबिधानको मस्यौदामा आएका संसोधनहरु सकारात्मक रहको भन्दै सभाध्यक्ष नेम्वाङले संबिधानसभाभित्रैबाट सबैकुराको छिनाफानो हुने उल्लेख गरे । बिभिन्न पक्षको मागलाई पनि प्रमुख दलहरुले सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।











