१८ भदौ, काठमाडौं । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिअन्तर्गतको संसदीय अनुगमन समितिले कैलालीको टीकापुर घटनाको छानबिन सुरु गरेको छ ।

बिहीबार कैलाली आइपुगेको तीन सदस्यीय टोलीले साँझ यहाँका राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलगायतसँग टीकापुर घटनाको कारण र त्यसपछि उत्पन्न परिस्थिति, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरेको थियो । समितिले घटनाबारे गरिएको अध्ययनसम्बन्धी प्रतिवेदन व्यवस्थापिका–संसद्समक्ष प्रस्तुत गर्ने समितिका संयोजक सभासद् सञ्जय गौतमले बताउनुभयो । सभासद् श्याम ढकाल र महेन्द्रबहादुर शाहीसमेत सहभागी रहेको सो टोली आज बिहान टीकापुर गएको छ ।











