१८ भदौ, वीरगंज । पर्साको वीरगंजमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकालाई सहिद घोषणा गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र विभिन्न दलका स्थानीय प्रतिनिधिबीच आज यस्तो सहमति भएको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भदौ १४ र १५ गते वीरगंजको नगर क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्न गृहमन्त्रालयलाई सिफारिश गरेको हो । जिल्ला प्रशासनको प्रतिबद्धतापछि मृतकहरुको दाह संस्कार गर्न आन्दोलनकारीहरु सहमत भएका छन् । मृतकहरुको आजै दाह संस्कार गरिने र कर्फ्यु समेत हटाउने सहमति भएको हाम्रा संवाददाता नरेश सर्राफले जानकारी दिएका छन् ।











