१७ भदौ, काठमाडौं । आन्दोलनकारीका मागहरु वार्ताद्वारा समाधान गर्न एमाओवादीका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । विहीबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको कांग्रेस र एमाओवादीको दुई पक्षीय भेटमा एमाओवादीका नेताहरुले प्रधानमन्त्री लाई देशमा भैरहेको अन्योलताको समाधान निकाल्न आग्रह गरेका हुन् । बैठकबाट बाहिरिंदै गर्दा एमाओवादी नेता बाबुराम भट्टराईले प्रतिक्रिया दिंदै आफुहरु आन्दोलनकारीहरुका माग वार्ता र संवादका माध्यमबाटै समाधान गर्ने पक्षमा रहेको बताए । तत्काल आन्दोलनकारीलाई वार्तामा ल्याई समयमै संविधान जारी गर्ने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टराईले बताए ।











